प्लाष्टिक प्रदूषण विरुद्ध पोखरा लनर्स एकेडेमी
पाेखरा | जेठ २१, २०८२
पोखरा: सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा लनर्स एकेडेमीले प्लाष्टिक प्रदूषण विरुद्ध ७ दिने अभियान सुरु गरेको छ ।
जेठ १८ देखि २३ गतेसम्म वातावरण सप्ताह मनाउने अभियान अन्तर्गत कक्षा ६, ७ र ८ कक्षामा अध्ययनरत विद्यार्थीले पोखरा ६ लेकसाइड केदारेश्वर मन्दिर परिसरमा सफाई गर्दैै निरन्तरता दिएको विद्यालयका प्राचार्य विधान गौतमले जानकारी दिए ।
विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत पोखरा ७ स्थित पोखरा लनर्स एकेडेमीले सरसफाइ अभियानलाई तीव्रता दिएको हो ।
वातावरण सप्ताहको अवसरमा विद्यार्थीहरुले केदारेश्वर मन्दिर परिसरमा सफाइ कार्यक्रम सम्पन्न गर्दै यस वर्षको विश्व वातावरण दिवसलाई सफल बनाउने प्रतिववद्धता जनाएका छन् ।
प्लाष्टिक प्रदुषण विरुद्ध एकजुट होऔं’ भन्ने नारालाई मनन् गर्दै उनीहरूले प्लाष्टिक र अन्य फोहोर संकलन गरी वातावरण संरक्षणको सन्देश दिएका थिए ।
सहभागी विद्यार्थीले भने, ‘हामीले प्लाष्टिकले गर्दा हाम्रो ऐतिहासिक मन्दिर र प्राकृतिक सौन्दर्य बिग्रिरहेको महसुस गरेका छौं । त्यसैले हामीले सरसफाइको माध्यमबाट प्लास्टिक प्रदूर्षण विरुद्ध अभियान थालेका छौं ।’
विद्यालयका माध्यमिक तहका संयोजक कृष्णप्रसाद लम्सालले विद्यार्थीहरुको सक्रियता प्रति प्रशंसा गर्दै भने, ‘विद्यार्थीमा वातावरणीय चेतना जगाउनु र प्लास्टिक प्रदूर्षण विरुद्ध व्यवहारिक कदम चाल्न प्रेरित गर्नु हाम्रो मुख्य उद्देश्य हो।‘ यसैक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले पोस्टर बनाउने, निबन्ध लेख्ने, वादविवाद प्रतियोगिता जस्ता गतिविधिहरु सञ्चालन गर्दै आएका छन् ।
प्लाष्टिक प्रदुषण न्यूनीकरणमा आफ्नो योगदान पु¥याउने लक्ष्य लिएको विद्यालयले आगामी दिनहरुमा प्लास्टिकलाई घटाउने, पुनः प्रयोग गर्ने र पुनःप्रशोधन गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने योजना बनाएको छ ।
वातावरण सप्ताह अन्त्यमा सरसफाइ कार्यमा सक्रिय सहभागी विद्यार्थीहरुलाई सम्मान र पुरस्कार वितरण तथा आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका शिक्षक आदर्श घिमिरेले जानकारी दिए ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

